नियम ३६
बहाल रहेको व्यवस्था लागू हुने
(१) अनुमतिपत्रको अवधि समाप्त भएको वा रद्द वा खारेज भएको कारण नियम ३५ बमोजिम नयाँ अनुमतिपत्र जारी गर्दा जुन सेवाको अनुमतिपत्रको अवधि समाप्त भएको वा रद्द वा खारेज भएको हो सो सेवा सञ्चालन सम्बन्धी कानून बमोजिमको अनुमतिपत्र जारी हुनेछ।
(२) उपनियम (१) बमोजिम जारी हुने अनुमतिपत्रको अवधि, अनुमतिपत्र तथा नवीकरण दस्तूर, फ्रिक्वेन्सी शुल्क, रोयल्टी तथा अन्य शर्तहरु नयाँ अनुमतिपत्र जारी गर्दाका बखत बहाल रहेको कानून बमोजिम हुनेछ।